केही दिन अगाडि टिकटकमा विवाह भाइरल भयो। लगनको समयमा धेरैले विवाह गर्छन्। तर भाइरल नै हुने उक्त विवाहमा के थियो ? दुलाहा करिब ६०/६५ वर्षका देखिन्थे भने दुलही उमेरले निकै सानी देखिन्थिन्। युवतीको बिहे गर्ने उमेर पुगेको भए पनि दुलाहासँग निकै अन्तर देखिन्थ्यो।
हेर्दा मागी विवाह जस्तो थियो। परिवार, आफन्त र अग्रजकै उपस्थितिमा बिहे भइरहेको थियो। दुलहीले बुवा सरहको मानिसलाई हातमा ब्रासलेट र घडी लगाइदिएकी थिइन्। दुलाहा निकै मख्ख थिए। तर दुलहीको मुहारमा जबर्जस्ती हाँसो देखिएको थियो।
भोजपुरमा एक पुरुष ८२ वर्षको उमेरमा बुबा बनेका छन् । उनकी श्रीमती ४५ वर्षकी छिन् । संखुवासभा माइती भएकी उनी आमाबुवाको निधनपछि फुपाजुको शरणमा परिन् । २६ जना नातिनातिना र ५ पनातिपनातिना भएका फुपाजुले जेठी श्रीमती मृत्युपछि कान्छी बिहे गरेका हुन् ।
आफूभन्दा ३७ वर्षले जेठो फुपाजुसँग बिहे गरेर खुसी भएको बताए पनि महिलाको अनुहारमा पीडाको भाव देखिन्थ्यो। गालामा हात राखेर उनले आफ्नो असन्तुष्टि दर्साइन्। अभिभावकबिहीन हुँदा पाएको शरणलाई नै उनले उपलब्धी मानेकी छिन्। उनीहरु खेतीपाती र गाईवस्तु पालेर बसेका छन्।
आफूभन्दा ३७ वर्षले जेठो फुपाजुसँग बिहे गरेर खुसी भएको बताए पनि महिलाको अनुहारमा पीडाको भाव देखिन्थ्यो। गालामा हात राखेर उनले आफ्नो असन्तुष्टि दर्साइन्।
यो जोडीले हालसम्म बिहे दर्ता गरेको छैन। छोराको जन्मदर्ता गर्नुपर्ने हुनाले छिट्टै बिहे दर्ता गर्ने तयारीमा छन्। ८२ वर्षको हुँदा जन्मिएको छोरा हाकिम बनेको हेर्ने चाहना वृद्धको छ। छोराले धेरै पढोस् र कुर्सीमा बसेर काम गरोस् भन्ने उनको सपना छ।
उता फुपाजु कान्छी श्रीमती पाएर मख्ख छन्। अरु ६० वर्ष बाँच्न पनि गाह्रो छ। तर मैले ८२ मा छोराको बाउ बन्ने सामर्थ्य राख्छु भन्दै उनले कीर्ति राखेकोमा पुरस्कार दिनुपर्ने बताउँछन्। त्यस्तै ८० वर्षको उमेरका वृद्धले २२ वर्षकी युवतीसँग विवाह गरेका छन्। झण्डै ६५ वर्षकी कान्छी केटीसँग उनको घरजम भएको हो। दुई श्रीमतीले छोडेर गएपछि उनले कान्छी भित्र्याएका छन्। घरजम भएको उपलक्ष्यमा उनले गाउँमा तीन वटा खसी काटेर भतेरसमेत लगाएका छन्।
सन्तान नभएकाले उनले यो उमेरमा बाउ बन्ने रहरले नातिनी उमेरकी केटी बिहे गरेको बताएका छन्। उनले कसैको माया नपाएर बिहे गरेको बताए। अरुले बुढो भने पनि आफूलाई बुढो भैसकेको नलाग्ने उनी सुनाउँछन्। जहाँ गएपनि श्रीमती सँगै लिएर जान्छु। सम्पत्ति दिन्न तर माया गरेर सधै साथैमा राख्ने उनको भनाइ थियो। युवतीले पनि धनसम्पत्ति देखेर विवाह नगरेको बताइन्।
यस्ता विवाहलाई लिएर सञ्जालमा थरिथरिका टिकाटिप्पणी भइरहेका छन्। कसैले दुई जनाको मन मिलेपछि विवाहको लागि उमेरको छेकबार हुन्न भनेका छन्। त्यसैमा अधिकांशले अनमेल विवाह कुनै न कुनै स्वार्थबाट भइरहेको बताएका छन्। त्यस्तै केहीले सम्पत्तिको प्रभावमा परेर कम उमेरकी केटी बिहे गरेको आरोप लगाएका छन्।
यस्ता विवाहलाई लिएर सञ्जालमा थरिथरिका टिकाटिप्पणी भइरहेका छन्। कसैले दुई जनाको मन मिलेपछि विवाहको लागि उमेरको छेकबार हुन्न भनेका छन्। त्यसैमा अधिकांशले अनमेल विवाह कुनै न कुनै स्वार्थबाट भइरहेको बताएका छन्।
यी प्रतिनिधि विवाहले समाजमा अनमेल विवाहलाई सहजीकरण गरेको देखिन्छ। नेपालको कानुनले बालविवाहलाई मान्यता दिएको छैन। तर बालविवाहकै झल्को दिने अनमेल विवाहको बारेमा भने स्पष्टता छैन।
कानुनको अभावमा शक्तिशाली मानिसले विवाहको नाममा आफूभन्दा निकै साना उमेरकालाई शोषण गरिरहेका छन्। अझ शारीरिक हिसावमा केही अशक्त र आर्थिक रुपले विपन्न वर्ग अनमेल विवाहको दुष्परिणाम भोगिरहेका छन्।
भनिन्छ विवाह गर्दा स्त्रीले पुरुषको आर्थिक हैसियत र पुरुषले स्त्रीको सौन्दर्य हेर्छन्। आजकल प्रेम सम्बन्ध पनि भावनात्मक रुपले भन्दा आर्थिक हैसियतलाई नै केन्द्रबिन्दु मानेर स्थापित गरेको पाइन्छ। विवाह एउटा सामाजिक कार्य हो जसअन्तर्गत एउटा नियम, पद्धति र संस्कारमा रहेर पतिपत्नीले सामाजिक अधिकार र दायित्व निर्वाह गर्दछन्।
विवाहको उत्पत्ति यति नै बेला भयो भन्ने आधिकारिक तथ्यांक कतै छैन। सामाजिक रुपमा विवाह एक स्त्री र पुरुषलाई नैतिक रुपमा सँगै बस्न, यौनसम्बन्ध स्थापित गरी वंश विकास गर्न वैधानिकता प्रदान गर्दछ। आधुनिक समाजमा कानुनले पनि विवाहलाई वैधानिकता दिएको छ।
नेपाली वृहत शब्दकोष अनुसार पनि विवाह शब्दलाई स्त्री र पुरुषका बीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कृत्य भनी परिभाषित गरेको छ।विवाह परापूर्वकालदेखि समाजमा चल्दै आएको परम्परा हो, जसका अनेक रुप र आयाम छन्।
कानुनको अभावमा शक्तिशाली मानिसले विवाहको नाममा आफूभन्दा निकै साना उमेरकालाई शोषण गरिरहेका छन्। अझ शारीरिक हिसावमा केही अशक्त र आर्थिक रुपले विपन्न वर्ग अनमेल विवाहको दुष्परिणाम भोगिरहेका छन्।
अधिकांश पुरुष आफूभन्दा कम उमेरको पत्नी चाहना राख्छन्। तर नारी विवाहको सवालमा हृदयभन्दा दिमागको प्रयोग गर्छन्। उनीहरु पतिबाट माया स्नेहसँगसँगै सामाजिक, आर्थिक र नैतिक सुरक्षाको पनि आशा राख्छन्। जसको कारण उनीहरुले पुरुषको शारीरिक सौन्दर्य तथा उमेरलाई कम प्राथमिकतामा राख्छन्।
उमेरको अन्तरले यौनजीवन प्रभावित : जनस्वास्थ्यविद्
जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार ५ वर्ष बढी उमेरको अन्तर विवाह जोडीको लागि उपयुक्त नहुने बताउँछन्। खबरहबसँग कुरा गर्दै उनले भने, ‘नेपाली समाजमा २० देखि ३० वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ। उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुन्छ। मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ।’
‘महिला ४० वर्षसम्म यौनमा निकै सक्रिय रहन्छन्। तर प्रायः पुरुषमा ५५ देखि ६० वर्षको हाराहारीमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ’ वन्त थप्छन्, ‘यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ। उमेरको धेरै अन्तरले यौन भावनामा पनि अन्तर ल्याउँछ। उमेरको अन्तरले शारीरिक रुपमा त्यस्तो असर पर्ने भन्ने छैन। तर यो मानसिक विषय हो।’
समान उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्न नहुने उनको भनाइ छ। ‘उमेरले मान्छेका इच्छा चाहना फरक हुन्छन्। त्यसमा शारीरिक र मानसिक चाहना हुन्छ। उमेरको फरकले त्यो हार्मोनीलाई खतम गर्छ।’

‘करिअर अरिएन्टेड’ विवाह
त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्य ‘करिअर ओरिएन्टेड’ विवाहमा उमेरको हदबन्दी नहुने बताउँछिन्। उनी भन्छिन्, ‘विवाह भनेको दुई फरक परिवारको दुई फरक व्यक्तिबीचको एकता हो। त्यस एकताको लागि कम्तिमा सोचविचार र रुचि मिल्नुपर्छ। धेरै अन्तर उमेरमा त्यसको सम्भावना हुँदैन। जसको कारण अनमेल विवाह टिक्दैन।’
‘बालविवाह नहुँदा पनि अनमेल विवाह भइरहेकै छ। यो सामाजिक समस्या हो। हिजो उमेरको फरक भन्दै गर्दा बालविवाह थियो। बालविवाह रोक्न अनमेल विवाह वर्जित गर्नुपर्ने आवश्यकता थियो’ उनी थप्छिन्, ‘अहिले कानूनले विवाहको उमेर तोकिदिएको छ। बिहे कानून अनुसार नै भएको देखिन्छ। तर अत्यन्त धेरै उमेरको अन्तरले सम्बन्धलाई असन्तुलित बनाउँछ।’
‘अहिले कानूनले विवाहको उमेर तोकिदिएको छ। बिहे कानून अनुसार नै भएको देखिन्छ। तर अत्यन्त धेरै उमेरको अन्तरले सम्बन्धलाई असन्तुलित बनाउँछ।’
अनमेल विवाहको सबैभन्दा धेरै नोक्सानी पुरुषलाई हुने आचार्यको भनाइ छ। ‘आफूभन्दा धेरै सानो उमेरको श्रीमतीको चाहनामा पुरुषले आर्थिक, सामाजिक र मानसिक तनाब झेल्न पुगिरहेका छन्’ उनी थप्छिन्, ‘विवाह गर्नुमात्रै ठुलो कुरा नभएर निभाउनु पनि हो। केही समय सम्बन्ध राम्रै भए पनि कालान्तारमा यस्तो विवाह टुंगिन्छ। जसको भपाई महिलाको तुलनामा पुरुषले धेरै गर्नुपर्छ।’
अनमेल विवाहमा अधिकांश आर्थिक हैसियतकै चलखेल हुने बताउँदै आचार्य विवाहको छनोट सचेत भएर गर्नुपर्ने सल्लाह दिन्छिन्। त्यसैगरी अधिवक्ता लोकेन्द्र ओली कानूनमा अनमेल विवाहको व्याख्या नभएको बताउँछन्। उनले भने, ‘विद्यमान कानुनले बालविवाहको कल्पना नगरेको कारण अनमेल विवाहको व्याख्या गरेको छैन। हिजोको समयमा अनमेल विवाह बालविवाहसँग जोडिएको थियो। त्यसकारण कानून बनाउन आवश्यक थियो। २० वर्षको मान्छेलाई अब अनमेल विवाह नगर भनेर कानुनले बन्देज गरिराख्नुपर्ने स्थिति होइन।’
विवाह कानूनी प्रक्रिया मात्रै नभएर सामाजिक सहअस्तिवको विषय भएको हुँदा अनमेल विवाहलाई बढावा दिन नहुने ओलीको भनाइ छ। ‘पछिल्लो समय बालविवाह न्युनीकरण हुँदै गए पनि निकै धेरै उमेरअन्तरमा विवाह भएको पाइन्छ, ओली भन्छन्, ‘आर्थिक सुरक्षाको लागि जोडी तथा अभिभावकले अनमेल विवाह गरेको पाइन्छ। यो सरासर गलत हो।’
प्रतिक्रिया