पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै | Khabarhub Khabarhub

पिएम कप क्रिकेटमा आज दुई खेल : बागमती र गण्डकी, कर्णाली र कोशी भिड्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् ।

आज बागमती र गण्डकी प्रदेश, कर्णाली र कोशी प्रदेश भिड्न लागेका हुन्। दुईवटै खेल बिहान ९ बजे सुरु हुने छन्।

बागमती र गण्डकीको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र कोशीको खेल भैरहवामा हुनेछ।

पाँच खेलसम्म अपराजित नेपाल पुलिस क्लब र आर्मी समान १० अंकसहित रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्।
पाँचमा एक खेल गुमाएको लुम्बिनीले आठ अंकसहित तेस्रो स्थानमा छ भने दुई खेल गुमाएको एपिएफ क्लब ६ अंकसहित चौथो स्थानमा छ।

गण्डकी, मधेश, कर्णाली, बागमती, सुदूरपश्चिम, कोशी समान दुई अंकसहित तालिकामा संघर्ष गरिराखेका छन्। सुदूरपश्चिम र कोशीले पाँच खेल खेलिसकेका छन् भने गण्डकी, मधेश, कर्णाली र सुदूरपश्चिमले चारचार खेल खेल्दा एउटा मात्र जित निकालेका छन्।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : १३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले