चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड « Khabarhub

चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयले मङ्गलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको मन्त्रालयको बजेट जम्मा ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेकोमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात १७ दशमलव ९३ प्रतिशत खर्च भएको जनाएको हो ।

चालू आर्थिक वर्षको जम्मा ३ हजार ७  सय १६ वटा नयाँ कार्यक्रमहरू मध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आह्वान भइसकेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रम मध्ये १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

बोलपत्र आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुवर्षीय स्वीकृतिको लागि प्रस्तावित गरिएको र ८० वटा कार्यक्रम संशोधनका लागि प्रस्तावित गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य रहेकोमा हालसम्म झापा, रोल्पा र पर्वत गरी ३ जिल्लामा ८ दशमलव ६ किमी निर्माण भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा सडकपुल निर्माण सम्पन्न भइसकेको र ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : १४ बजे

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको