स्ववियु निर्वाचन- मोरङमा सुरक्षा व्यवस्था कडा « Khabarhub

स्ववियु निर्वाचन- मोरङमा सुरक्षा व्यवस्था कडा


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस लगायत मोरङ जिल्लामा कडा सुरक्षाकाबीच स्ववियु निर्वाचन भएको छ । 

मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 

मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् भने तीन संगठनले छुट्टै उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्वल विष्टलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव विकासलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा ३ हजार ९४ जना छात्र र २ दुई हजार ८ सय ९० जना छात्रा मतदाता रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  १ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया