सहरी विकास मन्त्री सिंह काममा पूरै असफल, ८ महिनामा १७ प्रतिशत मात्रै पुँजीगत खर्च « Khabarhub

सहरी विकास मन्त्री सिंह काममा पूरै असफल, ८ महिनामा १७ प्रतिशत मात्रै पुँजीगत खर्च


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास तथा पूर्वाधारको क्षेत्रमा काम गर्ने सहरी विकास मन्त्रालय सम्हालेका प्रकाशमान सिंह मन्त्रालयले प्राप्त गरेको पुँजीगत खर्च गर्नमा असफल देखिएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा मन्त्रालयले जम्मा १७.४३ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ भने समग्र खर्च १७.९३ प्रतिशत खर्च गरेको हो ।

त्यस्तै, मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार मन्त्रालयले पुँजीगत खर्च मात्रै नभएर चालु खर्चका लागि विनियोजन गरिएको बजेट समेत खर्च गर्न सकेको छैन । मन्त्रालयले चालु आर्थिक वर्षमा चालु खर्चका लागि ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार रुपैयाँ विनियोजन गरेकोमा जम्मा २५.२३ प्रतिशत मात्रै खर्च गरेको छ ।

पुँजीगत खर्चतर्फ मन्त्रालयले चालु आर्थिक वर्षका लागि ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा मन्त्रालयले समीक्षा अवधिसम्म १७.४३ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाएको छ । 

मन्त्रालयकाअनुसार बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रममध्ये पनि एक हजार ९८ वटा कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने १२४ वटा पूरा भएका छन् । यसैगरी, बाँकी दुई हजार ९३ वटा कार्यक्रममध्ये २८८ वटा कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन् । 

मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार एक हजार ४५९ वटा पुराना (क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रम) मध्ये चालु आवमा जम्मा २८० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । 

त्यसैगरी, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १६२ वटा निर्माण सम्पन्न भएका छन् । यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन एक लाख ३० हजारभन्दा बढीले गरेका र त्यसबाट दुई करोड ३७ लाख राजस्व सङ्कलन भएको उक्त मन्त्रालयले जानकारी गराएको छ ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न चैत महिनासहित जम्मा ४ महिना मात्रै बाँकी रहेको छ । दुई तिहाइ समयमा १७ प्रतिशत मात्रै पुँजीगत खर्च हुने कुराले बाँकी समयमा लक्ष्यको ५० प्रतिशत पनि खर्च पुग्ने देखिँदैन ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १ : ५४ बजे

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका