इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए « Khabarhub

इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल र विद्रोही हमासबीच भएको युद्ध विरामपछि यो सबैभन्दा ठूलो आक्रमण हो । 

जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ । 

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि ३३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । 

यसअघि इजरायल डिफेन्स फोर्सले विद्रोही हमासको लडाकुहरूका गतिविधि भइरहेका स्थानमा आक्रमण सुरु गरिएको बताएको थियो । सोही आक्रमणका क्रममा गाजाका आन्तरिक मामिला उपमन्त्रीसमेत रहेका हमासका सैन्य कमान्डर महमुद अबु वफाह मारिएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ । 

गाजाका प्रत्यक्षदर्शीहरूले मानिसहरू खाना खाइरहेको समयमा आक्रमण भएको बताएका छन् । उनीहरूले आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमान देखेको पनि जानकारी दिएका छन् । 

ती विमाहरूले गाजा सहर, रफाह र खान युनिसमा एकाएक आक्रमण गरेको बताइएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानका अनुसार  प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलवार बिहान गाजा क्षेत्रमा आक्रमणका लागि आदेश दिएका थिए ।

बयानमा भनिएको छ, ‘यो आक्रमण हमासद्वारा हाम्रा बन्धकहरू मुक्त गर्न लगातार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कफ र अन्य मध्यस्थकर्ताद्वारा दिइएको प्रस्ताव खारेज गरेपछि गरिएको हो ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  २ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया