इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए « Khabarhub

इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल र विद्रोही हमासबीच भएको युद्ध विरामपछि यो सबैभन्दा ठूलो आक्रमण हो । 

जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ । 

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि ३३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । 

यसअघि इजरायल डिफेन्स फोर्सले विद्रोही हमासको लडाकुहरूका गतिविधि भइरहेका स्थानमा आक्रमण सुरु गरिएको बताएको थियो । सोही आक्रमणका क्रममा गाजाका आन्तरिक मामिला उपमन्त्रीसमेत रहेका हमासका सैन्य कमान्डर महमुद अबु वफाह मारिएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ । 

गाजाका प्रत्यक्षदर्शीहरूले मानिसहरू खाना खाइरहेको समयमा आक्रमण भएको बताएका छन् । उनीहरूले आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमान देखेको पनि जानकारी दिएका छन् । 

ती विमाहरूले गाजा सहर, रफाह र खान युनिसमा एकाएक आक्रमण गरेको बताइएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानका अनुसार  प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलवार बिहान गाजा क्षेत्रमा आक्रमणका लागि आदेश दिएका थिए ।

बयानमा भनिएको छ, ‘यो आक्रमण हमासद्वारा हाम्रा बन्धकहरू मुक्त गर्न लगातार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कफ र अन्य मध्यस्थकर्ताद्वारा दिइएको प्रस्ताव खारेज गरेपछि गरिएको हो ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ३५ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको