कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड « Khabarhub

कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र  केनेक्ट किसानबीचको बैठक सम्पन्न भएको छ ।  नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिमा छलफल भएको हो ।

बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारीमन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा. शरण कुमार पाण्डे, कनेक्ट किसानका  निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन न्यौपाने लगायतका प्रमुख व्यक्तिहरू उपस्थित रहेको थियो ।

बैठकमा चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष ध्यान दिइएको थियो । नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तीकरणलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो ।

टी एलायन्स अफ नेपाल र  कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउन र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने आशा गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : ५० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी