कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै « Khabarhub

कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना. ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद भएको सबै रकम अमेरिकी डल र युरो रहेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार बरामद सबै रकम युरो र अमेरिकी डलर पाइएका हुन् । उनकाअनुसार बरामद भएको रकम नेपली रुपैयाँमा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन आउँछ ।

उनका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गरेको सूचनाका आधारमा उक्त रकम बरामद भएको हो । प्रहरीले कुसाङको साथबाट दुई थान मोबाइल फोन पनि बरामद भएको जनाएको छ ।

सोमबार मध्यराति ११ बजेको समयमा उक्त मालबाहक ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा त्यो रकम बरामद भएको हो । आचार्यकाअनुसार उक्त ट्रकको ‘बोनट’ ड्राइभर बस्ने कोठाको ( क्याबिनको बायाँतर्फ) माथिल्लो भागमा फल्स बटम बनाई लुकाएको अमेरीकी डलर, युरो लगायतका मुद्रा फेला परेपछि चालक सिन्धुाल्चोकको भोटेकोशी गाउँपालिका-१ निवासी ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका हुन् । उक्त ट्रक पनि अपराध अनुसन्धान कार्यालयमा ल्याइएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ मा बस्ने उनी २०७३ पुस १३ गते रसुवागढी नाकाबाटै ल्याएको ७ केजी सुनसहित कलंकीबाट पक्राउ परी ५ वर्ष सजाय काटेर २०७८ सालमा रिहा भएका थिए ।

बरामद रकम

१. अमेरिकी डलर -१०० दरका नोटहरू ३,११९ (तीन हजार एक सय उन्नाइस थान)
२. अमेरीकी डलर -५० दरका नोटहरू १७९ (एक सय उनासी थान)
३. युरो – ५०० दरका थान ११ (एघार थान)
४. युरो – २०० दरका थान ४८० (चार सय असी थान)
५. युरो – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस थान)
६. युरो – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर थान)

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : १६ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले