नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गण्डकी सरकारको प्रतिबद्धता  « Khabarhub

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गण्डकी सरकारको प्रतिबद्धता 


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए । 

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने बताउँदै हाललाई एक थान शल्यक्रिया मेसिन प्रदान गरिएको बताए ।

२०७९ मंसिर १ गतेदेखि सञ्चालनमा आएको आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रूपान्तरण भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : १३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया