तालबन्दी तोडेर वातावरण सहज बनाउन मातहतलाई नेविसंघको निर्देशन   « Khabarhub

तालबन्दी तोडेर वातावरण सहज बनाउन मातहतलाई नेविसंघको निर्देशन  


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न क्याम्पसहरूमा तालाबन्दी गर्ने मातहतका इकाईहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन निर्देशन दिएको छ । 

अध्यक्ष दुजाङ शेर्पाले मंगलबार प्रेस विज्ञप्तिमार्फत नेविसंघ केन्द्रीय समिति मातहतका इकाईहरूलाई क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचनको वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन निर्देशन दिएका हुन् । 

निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विभिन्न संघ–संगठन, समूह र स्वतन्त्र उम्मेदवारहरूद्वारा गरिएका तालाबन्दी तोडेर वातावरण सहज बनाउन र संवादमार्फत समस्या सुल्झाउन सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै उनले भनेका छन्, ‘नेविसंघ मातहतका विभिन्न इकाई एवं आबद्ध विद्यार्थी नेता साथीहरू समेतलाई यसै विज्ञप्तिमार्फत निर्देशन गरिन्छ ।’ 

नेविसंघले स्ववियु निर्वाचन सुनिश्चितता लागि त्रिभुवन विश्वविद्यालयको निर्वाचनसम्बन्धि निर्देशिका, २०८१ को दफा १२ (८) बमोजिम चैत्र २० भित्र मिति तोकेर रोकिएको चरणबाट निर्वाचन प्रक्रिया सुचारु गर्न दृढतापूर्वक अघि बढ्न प्रतिबद्धता रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी