स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता « Khabarhub

स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित किसान’ को समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् । 

प्रतिनिधिसभाको ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’ को आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले सो ऐन संशोधनका निम्ति ‘ड्राफ्ट’ भइसकेको बताए। 

उनले भने, ‘स्वर्गद्वारी गुठीलगायत भूमिसँग सम्बन्धित समस्या समाधानका निम्ति भूमिसम्बन्धी अध्यादेश ल्याएको हो, तर संसद्मा पेस गर्ने वातावरण भएन, अब हामीले गुठी ऐनका बुँदाहरू संशोधन गरेर गुठीपीडितको समस्या समाधान गर्ने पक्षमा छौँ ।’ 

जतिसक्दो चाँडो गुठी विधेयक ल्याउनुपर्ने र किसानले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने, गुठी जग्गा ‘रैकर’ गरी किसानलाई जग्गाधनी प्रमाण पुर्जा दिनुपर्ने, जोताहाका नाममा दर्ता हुन बाँकी जग्गाको स्रेस्ता कायम गरी रैकर पुर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै ‘गुठीपीडित किसान सङ्घर्ष समिति’ को नेतृत्वमा स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूले गत माघ २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । 

मन्त्री अधिकारीले बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्न सबैभन्दा पहिला ऐन बनाउनुपर्ने आवश्यकता औँल्याए । भूमि सुधार ऐन २०२१ लाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउनका लागि ऐनको ड्राफ्ट भइरहेको उनको भनाइ छ । 

सांसद भानुभक्त जोशीले सरकार छिटो परिवर्तन हुने भएकाले भूमि समस्या समाधान आयोगले तीव्र रुपमा काम गर्न नसकेको बताए। 

उनले खोलाको किनार अतिक्रमण गरेर बसोबास गर्ने परिवारका लागि ठोस समाधानको उपाय खोज्नुपर्ने बताए। सांसद सूर्यप्रसाद ढकालले भूमिसम्बन्धी समस्यालाई सधैँका लागि समाधान गर्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया