धुलिखेल अस्पतालका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण « Khabarhub

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का मानसिक रोग विभागका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । 

एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत फागुन ४ गते आत्महत्याको प्रयास गरेपछि चिकित्सकहरूले उनीमाथि निरन्तर दबाब र गालीगलौज गरेको आरोप लगाइएको थियो । सोही आरोपका आधारमा मेडिकल काउन्सिलले मानसिक रोग विभागका प्रमुख डा। अजय रिसाल र डा. दीपक कुँवरलाई ‘किन कारबाही नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको हो ।

यस विषयमा काउन्सिलको व्यावसायिक आचरण समितिले आरोपित चिकित्सक तथा पीडित दुवै पक्षको बयान लिएको थियो । समितिले आरोपको सत्यता पत्ता लगाउन पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको काउन्सिलका एक सदस्यले जानकारी दिए । स्पष्टीकरणको आधारमा आगामी कारबाहीबारे निर्णय गरिने बताइएको छ ।

यसअघि, काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गरिसकेको छ । साथै, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसले समेत छानबिन गरिरहेको र कुनै पनि काममा संलग्न नहुन निर्देशन दिएको छ । आवासीय चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । 

उनीहरूका अनुसार यस्ता घटनाहरू पहिलेदेखि दोहोरिँदै आएका छन्, जसअन्तर्गत अघिल्लो वर्ष पनि एक विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए भने अर्को एक विद्यार्थीले पढाइ नै छोडेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण