विद्युत् सर्ट भई आगलागी हुँदा करोडौँको क्षति « Khabarhub

विद्युत् सर्ट भई आगलागी हुँदा करोडौँको क्षति


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।  

स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । 

मंगलबार दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो । 

सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो । 

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी