ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह « Khabarhub

ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकाको दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग इजरायलमा अपहरणमा परेका नेपाली युवा विपीन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायकसमेत रहेका वरिष्ठ निर्देशक गिलसँग भारतको नयाँ दिल्लीमा मंगलबार भएको भेटवार्तामा उनले अध्ययनका लागि इजरायल गएका विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी हुन् । 

भारतको विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलगका क्रममा भएको ‘साइड लाइन’  भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विषयमा कुराकानी भएको र हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको राणाको सचिवालयले जनाएको छ । 

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपीनलाई सन् २०२३ को अक्टोबरमा हमास समूहले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाईका लागि सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : २७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी