ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, सार्वजनिक ऋण २७ खर्ब नजिक « Khabarhub

ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, सार्वजनिक ऋण २७ खर्ब नजिक


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण फागुन मसान्तसम्म आइपुग्दा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।

कार्यालयकाअनुसार ८ महिना अवधिमा गठबन्धन सरकारले २ खर्ब ४१ अर्ब ९३ करोड सार्वजनिक ऋण थप गर्ने कार्य गरेको छ । ८ महिनाको अवधिमा झण्डै साढे २ खर्ब ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण कुल गाह्रस्थ उत्पादनको ४६.९१ प्रतिशत पुगेको छ ।

कुल सार्वजनिक ऋणमध्ये ५०.८३ प्रतिशत बाह्य र ४९.१६ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयले जनाएको छ । साथै कार्यालयले पछिल्लो ८ महिनाको अवधिमा विदेशी मुद्राको मूल्यमा भएको वृद्धिको कारणले मात्रै नेपालको सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँ थपिन पुगेको छ ।

आन्तरिक ऋण प्राप्तिमा लक्ष्य नजिक बाह्य ऋण ३० प्रतिशत मात्रै

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये समीक्षा अवधिसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड परिचालन गरेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ६१.१७ प्रतिशत हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः ८१.५६ र ३०.१७ प्रतिशत परिचालन गरेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । जसमध्ये समीक्षा अवधिसम्म २ खर्ब १ अर्ब ७२ करोड ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ५८ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र