पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई « Khabarhub

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको थियो तर, गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । 

आर्मीका लागि निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । 

यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँसँगै ट्रफी हात पारे ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनितिकर्मीहरुले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीहरूले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनीसँगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरूबाट ती कुराहरू सिके राजनीति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ थियो । 

मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमिफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो  । 

यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो । ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : ०९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण