पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित « Khabarhub

पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

पोखरा – निर्वाचन समितिको सामान्य गल्तीका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

आज बिहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा सामान्य त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो ।

तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्यानलसहित निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन अवरोध सिर्जना भएको छ।

निर्वाचन प्रक्रिया प्रभावित भएपछि सर्वपक्षीय छलफलको आधारमा नयाँ मिति तय गरिने निर्णय गरिएको छ। निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवाला पक्षलाई यसबारे जानकारी गराउँदै क्याम्पस प्रशासनले आगामी निर्णयसम्म धैर्य राख्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ९ : २० बजे

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष