नौ लाख अफगानी शरणार्थी जीवन त्यागेर पाकिस्तानबाट फर्किए स्वदेश « Khabarhub

नौ लाख अफगानी शरणार्थी जीवन त्यागेर पाकिस्तानबाट फर्किए स्वदेश


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद – पाकिस्तानमा गैरकानूनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार नौ लाखको हाराहारीमा अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन् ।

एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्डधारकहरूले समेत पाकिस्तान छोड्नु पर्नेछ।

जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८ लाख ७४ हजार २८२ अफगानीलाई फिर्ता पठाइ सकिएको छ । आतंकवादसँग सम्बन्धित चिन्ताका कारण सरकारले यो कदम चालेको हो।

पाकिस्तानी अधिकारीले यस प्रक्रियामा कसैलाई पनि दुर्व्यवहार नगर्ने आश्वासन दिएका छन् । अफगानिस्तान फर्किन लागेका नागरिकका लागि खाना र स्वास्थ्य सुविधाको व्यवस्था पूरा भएको बताए । अधिकारीले तोकिएको समयसीमा पछि पाकिस्तानमा गैरकानूनी रूपमा बस्ने मानिसहरूलाई कडा कानूनी कारबाही गरिनेसमेत जनाएका छन् ।

यसैबीच अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पनि गत बिहीबार पाकिस्तानलगायत विश्वका अन्य देशका अफगान शरणार्थीहरूलाई क्रमशः स्वदेश फिर्ता गर्न आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : २८ बजे

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण

जोर्डनले खसाल्यो दुई मिसाइल

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा