कैलालीमा सुतेकै कोठामा मृत भेटिए विदेशी नागरिक « Khabarhub

कैलालीमा सुतेकै कोठामा मृत भेटिए विदेशी नागरिक


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । इङ्ल्यान्ड घर भएर टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरि बस्ने गोर राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् ।

घुम्नकै लागि नेपाल आएका उनीहरू कार्तिकदेखि बर्दगोरिया–४ मा छुट्टाछुट्टै घरमा डेरा गरि बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ५२ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप