आपसी विवादमा बुवा-छोराले गरे विषादी सेवन « Khabarhub

आपसी विवादमा बुवा-छोराले गरे विषादी सेवन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ विषादी सेवन गरेका छन् । शुक्रबार बिहान २ बजेको समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका–१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चौधरी र उनका २० वर्षीय छोरा श्याम चौधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ  ।

उनीहरू दुवै जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था भने सामान्य रहेको छ ।

यसैगरी कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले प्रेम आँगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कँडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए ।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ । हँसिया प्रहार गर्ने अर्जुन कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ०७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले