व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पत्रकार पक्राउ  « Khabarhub

व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पत्रकार पक्राउ 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा व्यवसायीलाई पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गरेको आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

पत्रकारिताको नाममा व्यापारीलाई धाकधम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० ४५ वर्षीय विष्णु सर्राफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

‘विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गर्नेजस्ता कार्य भइरहेको सूचनाका आधारमा बिहीबार बाराको प्रसौनी गाउँपालिका–३ गण्डक चोकबाट पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने । उनका अनुसार सो बारेमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीले आरोपित पक्राउ गरेता पनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले