बारामा साढेतीन क्विन्टल बढी गाँजा बोकेको ट्रकसहित ५ जना पक्राउ « Khabarhub

बारामा साढेतीन क्विन्टल बढी गाँजा बोकेको ट्रकसहित ५ जना पक्राउ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारा जिल्लाको बिभिन्न स्थानमा प्रहरी गस्ती टोलीले ट्रक, र साढेतीन क्विन्टल लागुऔषध गाँजा सहित ५ जना तस्कर लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचको क्रममा प्रहरीले ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्करलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा गएराति पौने १२ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका–३ बजन स्थित हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गरेको थियो।

चेकजाँचमा ट्रक भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा ३०५ किलो (१९ पोका) बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

लागू औषध गाँजा बरामद गरी ट्रक सहित ओसारपसार कार्यमा संलग्न रहेका ट्रक चालक  मकवानपुर कैलास गाँउपालिका– ४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार हेटौँडा उपमहा नगरपालिका–३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न कैलास गाउँपालिका–१० बस्ने वर्ष २७ को जीवन ठोकर पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन् 

त्यसै गरी विशेष सूचनाको आधारमा बिहीवार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले  प्रसौनी गाउँपालिका ४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा बिक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी पवनकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै विशेष सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका– १ मुसहरी टोलस्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा ६० किलो (४ पोका) सहित भारत बिहार मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने वर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरेको छ।

पक्राउ परेका सबैजना नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हाले देखि सानो अवधिमै प्रहरीले लागूऔषध गाँजा, चरेस, अफिमसहित दर्जनौं तस्कर र दर्जनौँ सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ३२ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै