गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा « Khabarhub

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले उल्लेख गरेको छ ।

उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरबारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए ।

शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको छ ।

कांग्रेसका महामन्त्री गगन थापासहितले यसबारेमा सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि गभर्नर नियुक्तिको विषय टुंग्याउन लागिएको छ । सम्भवत: शुक्रबारै बस्ने अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले भट्टसहित तीनजनाको नाम नयाँ गभर्नरमा सिफारिस गर्ने सम्भावना छ ।

दुई दलबीच कुरा नमिलेको अवस्थामा कांग्रेस सभापति देउवाले नै प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएपछि भट्ट गभर्नर हुने सम्भावना बलियो भएको हो ।

बुधबारको बालुवाटार बैठकमा देउवाले गभर्नरका लागि अर्थशास्त्री डा. भट्टको नाम प्रस्ताव गरेको बताइएको छ । भट्टअर्थशास्त्रमा पीएचडी उपाधि प्राप्त गरेका व्यक्ति हुन् ।

गभर्नरका लागि यसअघि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगाना, राष्ट्र बैंककै कायममुकायम गभर्नर निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीसहित दौडमा थिए । शुक्रबार सिफारिस समितिबाट तीनजनाको नाम पठाएपछि आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको नियुक्तिको विषयलाई टुंगो लगाउने भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ०४ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले