बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो « Khabarhub

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ ।  

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो । ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।

लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । 

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ । 

यो जात्रा सम्पन्न भइसकेपछि साँझ गःहिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा रहेको स्थानीयहरूको भनाइ छ ।

रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ४४ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक