भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग « Khabarhub

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जोमसोम– कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् । 

करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदेखि स्याउका बिरुवा उत्पादन गरिरहेका हुन् ।

साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्युँताउने जमर्को गरेका हुन् । केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन् । 

शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुगेका शाहीले भारतको सिम्लामा २५ वर्षसम्म भन्दा बढी स्याउ फर्ममा काम गरे । 

परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ (कोरोना भाइरस)ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब दुई वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ । 

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उनले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गरे ।  

अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी सुरु गरेको शाहीले जानकारी दिए । सुरुवातका वर्षमा उनले स्याउ नर्सरीबाट पाँच हजार बिरुवा बेचेको बताए । 

भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ । 

दुई वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको छ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उनले अनुभव सुनाए । 

हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा तीन सयदेखि नौ सय रुपैयाँ सम्ममा बिक्री गरिरहेको जानकारी दिए । फार्ममा लगाएको तीन सय बोट उत्पादन दिन तयार भएका उनले बताए । 

‘फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो । दुई वर्ष अघि नर्सरीको सुरुआत गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो’, उनले भने, ‘अहिले बिरुवा लिन मुस्ताङ भित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउनुहुन्छ ।’

शाहीका अनुसार अबको पाँच वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुवा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ । 

शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको एक हजार ९०० मिटरदेखि तीन हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ४३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ