मेयर रेनु र प्रधानमन्त्री ओलीबीचको सौहार्दता, सोधे- छोरी सन्चै छौ ? | Khabarhub Khabarhub

मेयर रेनु र प्रधानमन्त्री ओलीबीचको सौहार्दता, सोधे- छोरी सन्चै छौ ?

पुलचोक-गोन्द्राङ ६ लेन सडकको पनि संयुक्त उद्घाटन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए ।

उनी भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए ।

उनी चितवन उत्रिँदै गर्दा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँगको सम्बन्ध र व्यवहारलाई लिएर धेरैले प्रश्न गरेका थिए ।

यसअघि ओली भरतपुर जाँदा कार्यक्रममा सहभागी नहुने गरी रेनुले यस पटक फरक ढंगको सौहार्दता देखाइन् ।

उनी महानगरका कर्मचारीसहितलाई लिएर प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगिन् । फूलको बुके बोकेर पुगेकी उनी र प्रधानमन्त्री ओलीबीच विमानस्थलमै सौहार्दपूर्ण वातावरणमा केही बेर कुराकानी भयो । दुवै मुस्कुराउँदै एकअर्काको हालखबर पनि सोधे ।

विमानस्थलमा पुगेका चितवनका पत्रकार राजेन्द्र आचार्यका अनुसार रेनु आफ्नो स्वागतमा आएको देखेपछि प्रधानमन्त्री पनि खुसी भए । स्वागतमा मेयर रेनु आएपछि ओलीले खबर सोधे । आफ्नो स्वागतमा आएकी रेनुलाई प्रधानमन्त्रीले सोधे, ‘छोरी सन्चै छौ ?’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु भरतपुरमा दुई पटक एमालेकै उम्मेदवारलाई हराउँदै मेयर बनेकी हुन् । उनले पहिलो पटक देवी ज्ञवाली र दोस्रो पटक विजय सुवेदीलाई हराएकी हुन् ।

पछिल्लो समय प्रचण्डले वर्तमान गठबन्धन सरकार ढल्ने बताइरहेका छन् । उनले यो सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै धेरै लामो नजाने बताइरहेका छन् ।

यस्तोमा भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक बनाएको जस लिने होडबाजी पनि स्थानीय सरकार र संघीय सरकारबीच चलिरहेको छ ।

तर, उक्त सडकको उद्घाटनका क्रममा पनि विमानस्थलमा जस्तै प्रधानमन्त्री ओली र मेयर रेनुबीच सौहार्दता देखियो । जहाँ सडक उद्घाटन नै प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर रेनुले एकसाथ गरेका छन् ।

प्रधानमन्त्रीले सडकको शिलापत्र अनावरणका क्रममा राखिएको रिबन मेयर रेनुलाई तान्न लगाए । तीनैजनाले उक्त सडकको संयुक्त रुपमा उद्घाटन गर्दा दुई सरकारबीचको सुमधुर सम्बन्ध प्रकट भयो ।

प्रधानमन्त्री प्रमुख अतिथि रहेको उक्त सडक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर रेनुले विकास निर्माणमा कसैले राजनीति गर्न नहुने बताइन्

सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच दूरी बढ्दै जाँदा रेनुले त्यसलाई कम गर्ने गरी सम्बोधन पनि गरेकी छन् ।

दाहालले संघीय बजेटमा यो सडक विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको उल्लेख गरिन् ।

सडक विस्तारका क्रममा धेरै अवरोध आएको भन्दै दाहाले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेको पनि प्रधानमन्त्रीलाई सुनाइन् ।

मेयर रेनुले पनि आफूसामु शालीन व्यवहार देखाएपछि प्रधानमन्त्री ओलीसमेत खुसी देखिए । ओलीले विमानस्थलमै छोरी भनेर सम्बोधन गरेकी रेनुसँगै सडक उद्घाटन गर्दा दुवै दलका कार्यकर्ता पनि खुसी देखिए ।

सबै तस्बिर : राजेन्द्र आचार्य

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ४ : ०३ बजे

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र आकर्षक

ललितपुर– विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै

प्रचण्डको गुनासो- राम्रो काम गर्दागर्दै सरकारबाट हटाइदिए 

लम्जुङ– पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को

भौगोलिक प्रदेश समूहका नेताले भने- एमालेको नेतृत्वमा केपी ओलीको विकल्प छैन

गोदावरी- नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो 

काठमाडौं– आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको

युक्रेनको सरकारी मुख्यालयमा क्षति

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी