प्रधानमन्त्री भन्छन्- सरकार सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- सरकार सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा छ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज एक समारोहकाबीच उद्घाटन गरेका छन् । चितवन जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको हो ।

प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताए ।
 
सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकासनिर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताए । 

नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उनले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
 
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताए ।
      
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन तीन करोड ९० लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिए । 

उनका अनुसार सङ्घीय सकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो । सो अवसरमा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ४ : ५२ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप