रायराँयकोटमा फुल्यो गुराँस : दैनिक पुग्छन् तीन सय बढी पर्यटक « Khabarhub

रायराँयकोटमा फुल्यो गुराँस : दैनिक पुग्छन् तीन सय बढी पर्यटक


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ । 

प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन् । रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमासमेत पूजाआजा गर्दै आएका छन् । 

उक्त स्थानमा पुग्नेको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै गएको स्थानीय तेजप्रसाद न्यूरेले बताए। 

‘पूर्वाधार निर्माण र प्रचारप्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा छ । गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएकाले पछिल्लो समय यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो’, उनले भने । 

न्यूरेका अनुसार धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चित पञ्चकोटमध्येको एक रायराँयकोटमा पछिल्लो दैनिक तीन सय बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् । 

‘पहिले पूजाआजा गर्न मात्र आन्तरिक पर्यटक यहाँ आउने गरेकामा पछिल्लो समय अवलोकनसँगै बास बस्ने गरी पनि पर्यटक आउन थालेका छन्’, उनले भने, ‘पदमार्ग, खानेपानी, शौचालय, सत्तललगायत धार्मिक पूर्वाधार निर्माण भएपछि अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमश्ङ्खला हेर्न दैनिक तीन बढी पर्यटक यहाँ पुग्ने गरेका छन् ।’

सडक मार्ग हुँदै बागलुङ बजारबाट दुई घण्टामा पुग्न सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनका माध्यमबाट यहाँ पुगेकी रेणु केसीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रूपमा रायराँयकोट बनेको बताइन् ।

उनका अनुसार उच्च पहाड संसारकोटसम्म फैलिएको पाँचकोटले धार्मिक मार्गको रूपमासमेत विकास गरेको थियो । यहाँ गैरागाउँ, तितौरे, बाटुले, तग्राम, मूल्पानी, तित्याङ र मालिकालगायत विभिन्न स्थानबाट वर्षादेवका रूपमा पूजाआजा गर्ने प्रचलन रहेको उनले जानकारी दिइन् । 

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयका अनुसार रायराँयकोटमा अहिलेसम्म २० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्नेस्तरीय सडक बनाउन आवश्यक छ । 

पञ्चकोटबाट संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ । साथै करिकोटबाट माझकोटसम्म पदमार्ग निर्माण भइरहेको छ ।

रायराँयकोटमा लिफ्टमार्फत स्थानीयलाई खानेपानी पुर्‍याइएको छ । ठूलो ढुङ्गाको छेडमा परापूर्वकालदेखि पूजा गरिने यस स्थानमा विसं १९२६ मा चन्द्रप्रसाद गौचनले चढाएको घण्टी संरक्षित रहेको स्थानीय बताउँछन् । 

पाँचकोटअन्तर्गत तारजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रूपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनाइएको नगर कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ०१ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक