आजको कार्टुन : जति ठेले पनि अघि बढ्नै नसक्ने शक्तिशाली सरकार ! | Khabarhub Khabarhub

आजको कार्टुन : जति ठेले पनि अघि बढ्नै नसक्ने शक्तिशाली सरकार !


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको दुईतिहाइ बहुमत नजिकको सरकारले कार्यशैलीलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीकै कार्यक्षमतामा पनि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेकै सांसद र नेताले पनि प्रश्न गरिरहेका छन् ।

तर, प्रधानमन्त्री ओली भने विरोधीहरू कराउँदैमा केही नहुने भनेर सार्वजनिक भाषण दिइरहन्छन् । दुई दल सम्मिलित उच्चस्तरीय संयन्त्रमा बसेर पनि कांग्रेस महामन्त्री गगन थापाले सरकारको गति ट्र्याक्टरभन्दा पनि सुस्त भएको भन्दै नैराश्यता प्रकट गरिसकेका छन्।

सर्वसाधारणमा पनि सरकारले भ्रष्टाचार घटाउन नसकेको, रोजगारी बढाउन नसकेको र बजेटसमेत खर्च गर्न नसकेको कुराले आक्रोश बढाइरहेको छ ।

यस्तोमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त यो सरकारले २०८२ नकाट्ने बताइरहेका छन् ।

उता प्रधानमन्त्रीको पालो कुरेर बसिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले नियुक्तिदेखि अन्य काममा समन्वय नगरेको भन्दै रोष प्रकट गरिरहेका छन् । यही सन्दर्भलाई लिएर आजको कार्टुनमार्फत् प्रधानमन्त्री ओली नेतृत्वको शक्तिशाली सरकारको निरीह गतिविधिमाथि व्यंग्य गर्न खोजिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : १२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित