शहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

शहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा ‘युटिलिटी’ करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन्  । 

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ- पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए । 

सडक बने लगत्तै ढल, खानेपानीको पाइप, फाइबर बिछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड छ । 

खास कुरा शहरकाेबिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ , ´ उनले भने, जसले गर्दा जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनै पर्छ । ´ 

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जाेड दिइरहेको बताए  । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे । 

`राम्रो काम होस् भन्ने जनताको चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनु छ । डेलिभरी हुनुपर्‍यो भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदै छ,´ उनले भने । 

त्यस्तै उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए ।  जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुने रहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्ड बनेको पनि सिंहले प्रस्ट पारे । 

उनले सडक विस्तारसँगै गतिशीलता बढ्ने र त्यसले आर्थिक गतिविधि वृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २१ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक