सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति « Khabarhub

सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले लागूऔषधजन्य गतिविधि नियन्त्रणका लागि सुपरिवेक्षण समिति गठन गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा लागूऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति गठन गरेको हो । 

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीन वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरू रहेका छन् । 

मन्त्रिपरिषद् बैठकले भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । 

त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरिएको मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए । 

समितिले राजश्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहनिकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्य विवरण र कार्य योजना तयार गरेर कार्यान्वयन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले