गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख लागूऔषधसहित धनगढीमा पक्राउ « Khabarhub

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख लागूऔषधसहित धनगढीमा पक्राउ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

धनगढी– गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक अंकित कुमार निगम बानिया लागूऔषध सहित धनगढीमा पक्राउ परेका छन् । 

आँखा अस्पताल शाखा बाजुराको मार्तडी कार्यालयको प्रमुखसमेत रहेका बानियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागू‍औषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानियालाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै प्रहरीले बाजुराको त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई पनि लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । 

गिरीले बोकेको झोलाबाट प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको डीएसपी बोहराले बताए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

बाजुरामा पछिल्लो समय खैरो हिरोइनको सेवन र कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । 

यस अघि बाजुराको बाम्का बजारबाट पनि खैरो हिरोइनसहित केही युवाहरूलाई पक्राउ गरेको थियो । बाजुरासहित सुदूरका पहाडमा धनगढी र महेन्द्रनगरको बाटो हुँदै लागूऔषध कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ३१ बजे

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा