प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र « Khabarhub

प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन् ।

उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याएका छन् ।

अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै भने, ‘हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौँ ।’

उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणासमेत राखेका छन् ।

ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए, लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५७ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को