यमनको बन्दरगाहमा अमेरिकाको हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु « Khabarhub

यमनको बन्दरगाहमा अमेरिकाको हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले उल्लेख गरेका छन् । र, यमनको अल मसिराह टिभीले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै बिहीबारको आक्रमणमा १०२ जना घाइते भएकोसमेत जनाएको छ। 

युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हवाइ हमलाहरू हुथीहरूको कोष र स्रोतहरू कटौती गर्ने उद्देश्यका साथ सो हमला गरिएको बताइएको छ ।

‘यी हमलाहरूको उद्देश्य हुथीहरूको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु थियो, जसले शोषण जारी राख्छन् र आफ्ना देशवासीहरूलाई ठूलो पीडा दिन्छन्’ सेन्टकमले सोशल मिडियामा पोस्टमार्फत भनेको छ।

तर, पेन्टागनले बढ्दो हुथी समूहको मृत्युको संख्यामा टिप्पणीको लागि अनुरोधका बारेमा भने तुरुन्तै प्रतिक्रिया नदिएको अलजजिराले जनाएको छ।

उसका अनुसार अमेरिकी हवाई हमलाहरूले विभिन्न क्षेत्रहरूमा आक्रमण गरेका छन्, त्यसमा पनि सबैभन्दा बढी बन्दरगाह आसपास र सुविधा वरपर केन्द्रित रहेको देखिन्छ ।

‘मानिसहरू काम गरिरहेका बेला पहिलो चार वटा हवाई हमला गरिएको थियो, जुन हवाई आक्रमणले कर्मचारीहरूलाई आश्चर्यचकित तुल्यायो,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यस समयमा घटनास्थलमा रहेका ट्रक चालकहरू समेत मारिएका छन् ।’

अमेरिकी आक्रमणले यमनमा सर्वसाधारण नागरिकको अनाहकमा मृत्यु भएको छ । यमनको करिब ७० प्रतिशत आयात र ८० प्रतिशत मानवीय सहायता रस इसा, होदेइदाह र अस सलिफ बन्दरगाहहरूबाट आउने जाने गर्दछन् ।

अल मसिराह टिभीले शुक्रबार बिहान सामाजिक सञ्जालमा साझा गरेको भिडियो फुटेजमा रास इसा बन्दरगाहमा आकाशमा ठूलो विस्फोट भएको देखाइएको छ। 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ

आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।