वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्छ : गगन थापा « Khabarhub

वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्छ : गगन थापा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गरे ।

पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिए । “अहिले नेपाली कांग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ, त्यो अभियानको एउटा अभिन्न अङ्ग भनेको एउटा वैदेशिक रोजगारी हो”, उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सङ्घ र एसोसिएसन लाग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने उल्लेख गरे ।

सङ्घका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ११ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको