कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत « Khabarhub

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए। त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयको रिक्त सचिवमा अर्जुन गौतमलाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रादेशिक सडक सञ्जाल गुरुयोजना पास गरिएको समेत प्रवक्ता शाहले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ३६ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी