समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे « Khabarhub

समुदाय परिवर्तन भइरहँदा संस्कृति, इतिहास र सम्पदा लोप हुने चिन्ता बढ्दो : मन्त्री पाण्डे


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन् ।

आइतबार, विश्व संग्रालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरे ।

तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए ।

मन्त्री पाण्डेले संग्रालयहरू केवल वस्तुहरूको संग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे ।

उनले भने, ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उचित सम्मान र चर्चा पाउनुपर्छ। संग्रालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिवद्ध छ।’ 

उनले संग्रालयको महत्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

साथै, काठमाडौं उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गरे ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : २६ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको