ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका हुन् । 

राप्रपा युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको उनले बताए । संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न गरे ।  

उनले संविधानको पालना गर्न नसक्ने व्यक्ति सरकारमा बस्नुको औचित्य नहुने उल्लेख गरे  । त्यस्तै सांसद शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभइ हत्या भएको भन्दै घटनाको छानविन गर्दै दोषीलाई कारबाही गर्न माग गरे । 

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १२ : ३४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि