गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु


४ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा २२ जनाको मृत्यु भएको र कम्तीमा एक सय जना घाइते भएको बताए ।

उत्तरी गाजाको जबालियाको एउटा घरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको उनले जानकारी दिए । सोही क्षेत्रको अल–अवदा अस्पतालमा क्षति भएको बताइएको छ ।

बासलका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिणमा खान युनिसमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ ।

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकूहरूलाई परास्त गर्न गाजाभरि आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको छ ।

इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका बीचमा यो अभियान अघि बढेको हो । –रासस

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  २ : ०२ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली