अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु « Khabarhub

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् । 

इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन ।

दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताए ।

उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । 

हमासद्वारा सञ्चालित सरकारअन्तर्गत सञ्चालित नागरिक सुरक्षाका अनुसार जबालियामा रहेको परिवारको निवासमा भएको अर्को आक्रमणमा सात बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले रातभरि भएका आक्रमणहरूबारे तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले आफ्नो कारबाहीबाट हुने नागरिक हताहतीको दोष हमासलाई दिन्छ किनकि यो लडाकू समूह नागरिक क्षेत्रहरूबाट सञ्चालन हुन्छ ।

इजरायलले गाजामा आफ्नो युद्धलाई ‘गिदियनको रथ’ नामक नयाँ आक्रमणका साथ बढाएको छ । यसमा इजरायलले क्षेत्र कब्जा गर्ने, लाखौँ प्यालेस्टिनीलाई गाजाको दक्षिणमा विस्थापित गर्ने र सहायताको वितरणमा बढी नियन्त्रण लिने योजना बनाएको बताएको छ । –रासस

यो पनि पढ्नुहोस् : गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु


प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ३ : ५८ बजे

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय