बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि « Khabarhub

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । आइतबार साँझ भएको फाइनलमा बंगलादेशलाई हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

बंगलादेशविरुद्ध गोल्डेन जुबली स्टेडियममा भएको रोमाञ्चक फाइनलमा भारतले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै उपाधि जित्यो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको दोस्रो मिनेटमा नै सिंगमायुम शामीले गोल गरेपछि भारतले अग्रता लिएको थियो । बंगलादेशका लागि खेलको ६२ औं मिनेटमा जोय अहमेद बराबरी गोल फर्काए ।

पेनाल्टी सुटआउटमार्फत खेलको छिनोफानो हुँदा भारतले ४–३ ले नतिजा आफ्नो पक्षमा पारेको हो । यु–१९ च्याम्पियनसिपमा यो भारतको लगातार दोस्रो उपाधि हो। २०२३ मा भारतले पाकिस्तानलाई ३–२ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १० : २२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन