बलोचिस्तानका नेताले गरे पाकिस्तानबाट स्वतन्त्रताको घोषणा « Khabarhub

बलोचिस्तानका नेताले गरे पाकिस्तानबाट स्वतन्त्रताको घोषणा


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोच नेता मिर यार बलोचले पाकिस्तानबाट अलग भएको घोषणा गरेका हुन् ।

पाकिस्तानले बलोचिस्तानमा दशकौँदेखि हिंसा, जबरजस्ती बेपत्ता र मानवअधिकार उल्लङ्घनका घटना गराउँदै आएको उनले बताए । उनले बलोच जनतालाई आफ्नो राष्ट्रिय निर्णय लिन सडकमा ओर्लिन पनि उनले आह्वान गरे ।

उनले भारतलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत सहयोगको अपिल गरेका छन् । भारत र पाकिस्तानबीच सैन्य टकराव थामिएपछि बलोच नेताको यस्तो आह्वान सार्वजनिक भएको हो ।

स्रोत साधनले समृद्ध भएपनि पाकिस्तानी संस्थापनले बलोचिस्तानलाई बेवास्ता गर्दै आएको आरोप लाग्ने गरेको छ । विगत लामो समयदेखि पाकिस्तानमा स्वतन्त्र बलोचिस्तानको माग राख्दै आन्दोलन हुँदै आएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : २२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,