इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ? « Khabarhub

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे चर्चा सुरु भएको छ। क्यानडामा जी-सेभेनको बैठक छाडेर अमेरिका फर्केका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद् बैठक राखेका छन्। सो बैठकको निचोड बाहिर आएको छैन। अहिले संसारका प्राय शीर्ष नेता तथा कूटनीतिज्ञ राष्ट्रपति ट्रम्पको सम्भाव्य कदमका बारे चर्चा गर्न थालेका छन्।

ट्रम्पले एकातर्फ तेहरान खाली गर्न भनिसकेका छन् भने इरानका नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पणका लागि भनेका छन्। यसैबीच अमेरिकाका विधायकले इजरायलमा अमेरिकी सेनाको उपस्थिति काँग्रेसबाट पास गराएर मात्र सम्भव हुने बताएका छन्।

इरानमा केही आणविक हतियार निर्माणस्थल जमिनमुनी भएका कारण यसलाई नास गर्नका लागि अमेरिकी हतियार आइरहेको जनाइएको छ। अमेरिकी कानुन अनुसार युद्धको घोषणा गर्न र यसले वैधानिकता पाउन संसदबाट निर्णय हुन आवश्यक छ। तर, सेनाको प्रमुख राष्ट्रपति आफै हुने भएकाले उनले युद्धको घोषणा नगरेर सेना पठाउन सक्ने छन्।

सन् २०१७ मा ट्रम्पले सिरियामा बसार असाद शासन विरुद्धमा सेना प्रयोग गरेका थिए। इरानका सर्वोच्च नेता खोमिनीले भने अमेरिकासँग कुनै पनि हालतमा नझुक्ने बताइ सकेका छन्। उनले सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा युद्ध सुरु भइसकेको बताएका छन्।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ३३ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय