कांग्रेस केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठक बस्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि असार १५ गते बस्नेगरी तय भएको बैठक आज बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको सोमबार निधन भएपछि त्यसमा शोक प्रस्ताव पारित गर्नेलगायत कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।

शास्त्रीको पार्थिव शरीर बिहीबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीँबाट शवयात्रा सुरु गरिनेछ ।

शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : ५० बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन