तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध « Khabarhub

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो स्थान छाड्न भनेको छ।

इरानमा १० हजार भारतीय बसोबास गर्ने तथा काम गर्ने अनुमान गरिएको छ। भारतको बाह्य मामला मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरान पूर्ण रूपमा असुरक्षित भएको जनाएको छ।

मन्त्रालयले अर्मेनियाको सीमा पार हुँदै इरान छाड्न उपयुक्त हुने सुझाव दिएको छ।

संसारको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि इरानबाट तेल लिन छाडेको थियो। यसका बाबजुद भारतले इजरायल र इरान दुवै देशसँग मैत्रीपूर्ण सम्बन्ध राखेको थियो।

गत वर्ष भारत र इरानको बीचमा छबाहर बन्दरगाहको विषयमा १० वर्षे सम्झौता भएको थियो। त्यस सम्झौताले भारतीय सामान अफगानिस्तान र केन्द्रीय एसियामा जानका लागि बाटो खुला गरेको थियो।

इजरायल र इरानको यो युद्धले छबाहर बन्दरगाहको भविष्य समेत सङ्कटमा परेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : १० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना