कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका  | Khabarhub Khabarhub

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिश पालीको उपचारको क्रममा मृत्यु भएको हो । उनी बैंकिङ कसुर मुद्दाका प्रतिवादी थिए ।

कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुऱ्याउँदा पालीलाई उच्च ज्वरो र रक्तचाप निकै कम रहेको पाइएको तिमिल्सिनाले बताए ।

पालीको मुख, खुट्टा तथा शरीरका अन्य भागमा समेत चोटपटक र निलडाम देखिएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनको शव प्रादेशिक अस्पतालमा रहेको छ ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले यही असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई मङ्गलबार बिहान दिएको थियो । प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई हत्या भएको दाबी गर्दै आएका छन् ।

आफन्तले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन्  । न्याय सुनिश्चित नभएसम्म शव नउठाउने उनीहरूको अडान छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ४५ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती