विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गएको शैक्षिक सत्रबाट विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि खेती सुरु गरिएको प्रधानाध्यापक मानबहादुर हमालले जानकारी दिए । उनका अनुसार अभिभावकको मञ्जुरी र विद्यार्थीको सहमतिका आधारमा खेतीमा आवद्ध गराएको बताए ।

कक्षा ७ देखि १० सम्मका ४५ जना बालबालिका कृषि खेतीमा आवद्ध छन् । बडीमालिका– २ वडाको गौरवको योजना अन्तर्गत मौसमी, बेमौसी तरकारी, आलु, प्याजसहितको खेती सुरु गरिएको वडाअध्यक्ष डम्मर महतले बताए ।

विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सहमत भएका ४५ जनालाई मात्रै सहभागि गराइएको हो । 

विद्यार्थी विद्यालय समय बाहिर खाली बस्ने, अनावश्यक घुमफिर गर्ने र विद्यालयको पाठ्यक्रममा समावेश शिक्षाले ज्ञान आर्जन बाहेक कुनै सीप नसिक्ने अवस्था रहेकाले खेती लगाउन सुरु गरिएको महतको भनाइ छ । महत वडाध्यक्ष हुनुअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।

विद्यालयले ५ रोपनी जमिन भाडामा लिएको छ । विद्यालय नजिक रहेको जमिन कृषि खेतीकै लागि भनेर भाडामा लिएर पहिलो वर्ष उत्पादन समेत सुरु गरिसकेको छ । जमिनको भाडा तिर्न र बीउबिजन, औजार उपकरणका लागि वडाले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

खेती सुरु गरेको पहिलो सिजनमा आलु र प्याज उत्पादन गरिएको छ । करिब १५ क्विन्टल प्याज र ८ क्विन्टल आलु फलाएको र बर्खे सिजनको कृषिबाली लगाउन थालिएको विद्यालयले बताएको छ । विद्यालयबाट श्रोत शिक्षकको रुपमा यज्ञ रोकायालाई जिम्मेवारी दिएको छ । उनी विद्यालयको प्रावि तहका स्थायी शिक्षक हुन् ।

विद्यालयमा मौसमी, बेमौसमी तरकारी र केरा, च्याउ, उखु सहितको खेती गर्न थालिएको छ ।

हाल बाजुरा बजारमा प्याज ६० देखि ७० र आलु ४० देखि ५० रुपैयाँ प्रतिकेजी छ । उत्पादन गरिएको प्याज र आलु बिक्री गर्दा करिब डेढ लाख बढी हुन आउँछ । एउटै सिजनमा ४० जना अप्राविधिक विद्यार्थीले डेढ लाख कमाएपछि अभिभावक र शिक्षक दुबै हौसिएका छन् ।

कुल आम्दानीको २० प्रतिशत विद्यालयलाई दिने र बाँकी ८० प्रतिशत विद्यार्थीलाई दिने कार्यविधि बनाइएको छ । विद्यार्थीको बैंक खाता अनिवार्य खोल्ने र उनीहरूको कमाई त्यही खातामा राखिदिने कार्यविधिमा उल्लेख छ ।

बडीमालिका नगरपालिका भित्र २४ वटा सामुदायिक विद्यालय छन् । तीन मध्ये सत्यवादी मावि भौनेरा र चोयाकोट मावि रजालीमा पढ्दै कमाउँदै कार्यक्रम छ । सबैविद्यालयमा जोड्ने गरि नीति बनाउन लागिएको नगर प्रमुख अमर खड्काले बताए । चोयाकोटमा पनि तरकारी, चोयाका डोका, डस्टबीन र कुचा उत्पादन गर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ४० बजे

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै