ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने « Khabarhub

ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोकमा तीन दिनसम्म पार्टीको तीनै तहका कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

बैठकले असार ५ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकले पूर्व केन्द्रीय सदस्य शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका पनि राख्ने निर्णय गरेको छ ।

शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते निधन भएको थियो । 

अर्घाखाँचीको किमडाडामा १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य भएका थिए । उनी ०४८ र ०५१ को आम निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब