पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली « Khabarhub

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।  

सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

पार्टी कार्यालयमा सभापति देउवा लगायत नेता, कार्यकर्ता, शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए । कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

कांग्रेस सभापति देउवाले मुलुकको परिवर्तनमा स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको महत्त्वपूर्ण योगदान रहेको बताए । संघीयताको बहसको सुरुवात गर्ने व्यक्ति नै शास्त्री भएको उनले बताए ।

यसैबीच बुधबार कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।  

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ४८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब